नियम १२२
प्रि–सिपमेन्ट निरीक्षण
(१) विदेशबाट खरिद गरिने मालसमानको प्रि–सिपमेन्ट
निरीक्षण गर्नु पर्ने भएमा स्थानीय निकायले सो देशमा आफनो प्रतिनिधि नियुक्त गरी
त्यस्तो निरीक्षण गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रतिनिधि नियुक्त गर्दा खरिद ऐन र यस नियमावली
बमोजिमको कार्यविधि अपनाई नियुक्त गर्नु पर्नेछ ।